गायक संगम थपलिया भन्छन् ‘तिमी मुस्कुराउँदा’

काठमाडौँ- गायक संगम थपलियाको तिमी मुस्कुराउँदा नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । शिबराम थपलियाले निर्माता रहेको यस गीतमा किशोर बिश्वकर्माको शब्द तथा संगीत रहेको छ । भिडियोमा गरिमा शर्मा र सुरज थपलियाले अभिनय गरेका छन् । सन्जीब बराइली एरेन्जर तथा सीता राई कोरियोग्राफर रहेको गीतको म्युजिक भिडियोको निर्देशन भने रमेश थापाले गरेका हुन ।