स्वस्तिमा र निश्चल अभिनित ‘सरकारी अड्डा’

काठमाडौं- केन्द्र मोसन पिक्चर्सको नयाँ गीत ‘सरकारी अड्डा’ सार्वजनिक भएको छ । रचना रिमाल र पदम राईको स्वर रहेको गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड छन् । सोही गीतमा गायक पदम राई र गायिका रचना रिमालको स्वर छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरि रिलिज गरिएको उक्त कार्यक्रममा एमाले नेता योगेश भट्टराई पनि उपस्थित थिए । नेता भट्टराईले गीत हेरेपछि सैनिकको रुपमा फिचर्ड भएकी स्वस्तिमाको भूमिकाको खुलेर प्रशंसा गरे । उनले भने ‘निश्चल र स्वस्तिमाजीलाई मैले टीकटकमा पनि फलोे गरेको छु ।

उहाँहरुको वास्तविक जीवन पनि प्रेरणादायी छ । स्वस्तिमाजी आर्मीमा गएपनि स्ट्रिक्ट हुने मान्छे हो । उहाँले निकै राम्रो काम गर्नुभएको छ । गायिका रचना रिमाललाई पनि टीकटकबाट चिनेको बताउँदै योगेशले उनका प्रस्तुति अर्गानिक भएको र बनावटी नलाग्ने बताए । सन्देशमूलक गीत बनेको भन्दै उनले सबैले सुन्नुपर्ने गीत बनेको बताए । अभिनेत्री खड्काले सेनाप्रति आफ्ना विशेष लगाव रहेको बताइन् । आफूले कक्षा ८ सम्म सैनिक स्कुलमै पढेको र बुवा पनि सेना भएकाले यस्तै थिमको गीतमा काम गर्न पाउँदा खुशि लागेको बताइन् ।

सोही गीतमा निश्चल सैनिकको भुमिकामा हुन्छन् तर एक दुर्घटनामा परेपछि उनी आफनो सपना पुरा गर्न असमर्थ हुन्छन् उनको सपनालाई पुरा गर्न स्वस्तिमाले आफनो पेशालाइृ छोडेर निश्चलको सपना पुरा गर्छिन् । सोही गीतमा एक अर्काको प्रेमलाई पनि देखाइएको छ ।