अस्मिताको ‘हुन्न नभन’मा अभिनय र रन्जनाको रोमान्स

काठमाडौं- करिव ६ महिना अघि घिर्लिङ बोलको म्युजिक सार्वजनिक गरेका गायक अभिनय निरौलाले फेरि आफ्नो नयाँ म्युजिक भिडियो हुन्न नभन सार्वजनिक गरेका छन्। यस गीतमा गायक निरौलालाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन्। योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन्। रोमाण्टिक भर्सनको यस गीतमा सायरीको प्रयोग समेत गरिएको छ।

अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा स्वयंम गायक निरौला र रन्जना तिमल्सिना बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। ए धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। अभिरन इन्टरटेन्मेण्टुको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।