कौशलराज र अनामिकाको स्वरमा  ‘दसैँ आयो’ 

काठमाडौं- गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागाईंको स्वर रहेको दसैँ गीत ‘दसैँ आयो’ सार्वजनिक भएको छ । विजया दशमी तथा दिपावली पर्वले भित्र्याएको उत्साह, उमङ्ग तथा वेदनालाई गीतमा समावेश गरिएको छ । शान्तिप्रियको शब्द रहेको सार्वजनिक गीतमा दीपक शर्माले संगीत गरेका छन् । संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका छन् ।

केशवराज भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा मुकेश हुमागाईंको छायाँकन, विनोद बमको सम्पादन तथा रंग संयोजन रहेको छ । म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराई, दीपाशा वि.सी, सन्तोष के.सी तथा झरना परियारको अभिनय देख्न सकिन्छ ।