दशैं गीत ‘सलल झलल’

काठमाडौं- गायिका टिका सिवाकोटी, शान्ति श्री परियार, तिलक बस्नेत र संगीता सिवाकोटीको स्वरमा समावेश ‘सलल सलल’ बोलको गीत बजारमा आएको छ । गीतमा तिलक बस्नेतको शब्द तथा संगीत छ । सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको यो गीतमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरी, कुष्ण सिवाकोटीको अभिनय छ । भिडियोमा विकास नेपालीको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ ।