‘तिम्रै हुन मन लाग्यो’

गायिका मेलिना राइको स्वर, बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘तिम्रै हुन मन लाग्यो’ बोलको गीतको भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा प्रकाश सपुत, मिरुना मगरको मुख्य भूमिका छ । देवन्द्र बब्लुको निर्देशनमा तयार भएको यो भिडियोमा सार्जन थापा मगरको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।