गायक कमल र रोजीको पूर्वेली गित ‘फिदिम बजार’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं- गायक कमल श्रेष्ठ र गायीका रोजी थाम्सुहाङ सम्बाहाम्फेको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाका ‘फिदिम बजार’ गित बजारमा सार्वजनिक भएको छ । गीतकार डिपी खनालको शव्द, संगीतकार कमल श्रेष्ठको संगीतमा सजिएको गीतको संगीत संयोजन भने धनु ग्याङमीले गरेका छन् । गितको मिक्सिङ तथा मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् ।

मोडल तथा नायीका लक्ष्मी योङहाङ लिम्बू, धनु ग्याङमी, अभिषेक केरुङ र शुभम राई, अप्सरा, दिवस पयाङगु, विश्व कुरुम्बाङ, उदय कुरुम्बाङ, मिना तामाङ श्रेष्ठ र निर्मला श्रेष्ठको अभिनय रहेको पुर्वेली गीत ‘फिदिम बजार’ डसम्यूजिक नेपाल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गितमा देव जंग थापाको निर्देशन, छायाँकन तथा सम्पादन रहेको छ भने भिडियोमा अस्मिता राई र झरना लिम्बूको मेकअप र सन्तोष राजवाहकको कोरियोग्राफी रहेको छ ।