आकाश र पुजा भन्छन् – ‘बिहे भा छैन’ (भिडियो सहित)

काठमाडौं–गायिका सिर्जु अधिकारी र गायक अर्जुन सुनामको स्वरमा रहेको गीत ‘बिहे भा छैन’ सार्वजनिक भएको छ । गीतमा एसपी सापकोटाको शब्द, हरि लम्सालको संगीत र सरोज श्रेष्ठको एरेञ्ज छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । डान्सिङ नम्बरको भिडियो संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोलाई हालसम्म दुई लाख बढीले हेरिसकेका छन् ।

डान्स क्लबमा खिचिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र निर्देशन छ । पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ ।