भुवन दाहाल र गणेश ओझाको स्वरमा ‘दाइ परदेशी’ सार्वजनिक

काठमाडौं- गायक भुवन दाहाल र गणेश ओझाको स्वरमा रहेको दसैं तिहार विशेष गीत ‘दाइ परदेशी’ सार्वजनिक भएको छ । नेपालीहरूको महान चाड दसैं तिहारलाई मध्यनजर गर्दै गीत सार्वजनिक गरिएको लगानीकर्ता एवं गायक गणेश ओझाले बताए ।

हाम्रो समाजमा अझै पनि आर्थिक अवस्था  कमजोर भई थलिएको परिवारले चाडपर्व हर्षोल्लासका साथ कहिल्यै मनाउन नसकेको यथार्थ चित्रण गीतमार्फत् गरिएकोले धेरैले रुचाउने उनको भनाइ छ। गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा चक्र विष्ट, रितीक रोशन, डिल्लीराज ओझा र सरु रानीको अभिनय देख्न पाइन्छ ।