‘आकाशको जुन’ मा पुष्प र रक्षा

काठमाडौं- दिपकको निर्देशनमा तयार भएको ‘आकाशको जुन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । किरण गजमेर र अस्मिता अधिकारीको स्वर, दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल रक्षा बुढाथोकीले रोमान्स गरेका छन् । राजाराम बुढाथोकीको लगानीमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।