आर्टमाण्डुद्धारा ‘बिनायो भाकैले’ गीत सार्वजनिक

काठमाडौं- आर्टमाण्डुले शनिबारमात्रै नयाँ सांगीतिक भिडियो ‘बिनायो भाकैले’ सार्वजनिक गरेको छ । सुष्मा सिग्देलको शब्द, अंकितबाबु अधिकारीको संगीत रहेको गीतमा अंकितबाबु र सुनिता थेगिमले स्वर भरेका छन् । गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।

८०/९० को दशकको नेपाली चलचित्रको स्वर्णिम युगलाई समर्पित गर्दै यस ‘बिनायो भाकैले’ तयार गरिएको आर्टमाण्डुले जनाएको छ । यसको भिडियोमा बिजु पार्की र कविता नेपाली नायक(नायिकाको भूमिकामा प्रस्तुत छन् ।

त्यस्तै भिडियोमा खलनायक, सहायक खलपात्रहरु, हाँस्य कलाकार, चरित्र अभिनेता लगायतको भूमिकामा समेत कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।बिजु पार्की, लाहुरेको नृत्य निर्देशन, सुशन प्रजापतिको छायाँकन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन एवं रंग संयोजन गरेका हुन् ।