बेरोजगारीको यथार्थतामा मर्मस्पर्शी ‘आमा’गीत सार्वजनिक

काठमाडौं- नेपालीहरुको महान् पर्व वडादशैं सुरु भएसंगै यस पर्वलाई लक्षित गरेर विभिन्न सृजनाहरु सार्वजनिक भईरहेका छन् । यस्तैमा सर्जक दीपक बस्नेतले पनि एउटा मर्मस्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतकार तथा संगीतका र बस्नेतले बेरोजगारीको कारण बिदेशी भूमिमा भासिन बाध्य छोराको पर्खाइमा टोलाई रहेकी आमा र बिदेशी भूमिमा साहुको पेलाईमा छटपटाइरहेको छोराको पीडामा आधारित रहेको मर्मस्पर्शी भिडियो सार्वजनिक गरेका छन् । बस्नेको आफ्नै शब्द तथा संगीत रहेको गीतमा कमल श्रेष्ठले स्वर दिएका छन् ।

रस्मी भट्ट, सागर कार्की, प्रकाश बुढाथोकी र उदिप सिवाकोटीको साथमा बालकलाकार अशिसास देवकोटाको समेत अभिनयले भिडियोलाई धेरै नै मार्मिक बनाएको छ । गीतको शब्द र संगीतको मर्म अनुसारका दृष्य श्रृजना गर्न सिपालु प्रियजन राईले भिडियोको निर्देशन गरेका छन् । राईको निर्देशन उत्कृष्ठ मान्न सकिन्छ । तेन्जिन पाल्देन र मोहन कुमार झिल्लुले खिचेको दृष्यहरुको सम्पादन अनिल कुमार महर्जनले गरेका छन् ।