दसैं तिहार गीत ‘राजाको दरबार’

काठमाडौं- गायक खेम सेञ्चुरी तिहार गीत ‘राजाको दरबार’ सार्वजनिक गरेका  छन् । गीत गायनमा खेमलाई गायिका जानुका तामाङले साथ दिएकी छन् । गीत नेत्र अर्यालले लेखेका हुन् । गीतमा संगीत गायक सेञ्चुरीकै सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा याम गुरुङले नृत्य निर्देशन गरेका हुन् ।

कुमार केसीले निर्देशन गरेको म्युजिक भिडियोमा रामचन्द्र अधिकारी, याम गुरुङ, रीना थापा मगर, बबिन सिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन प्रविन भट्टले गरेका छन् । पछिल्लो समय गायक सेञ्चुरीको ‘रमरम मरौटी’ बोलको गीत चर्चामा छ ।