देउसी भैलो गीत ‘शङ्कर ध्वनि देउसी भैलो’ सार्वजनिक

सर्जक एवं गायक विष्णु खत्रीले देउसी भैलो गीत सार्वजनिक गरेका छन् । उनले बिहीबार ‘शङ्कर ध्वनि देउसी भैलो’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा उनीसँगै लोकदोहोरी क्षेत्रका ८ जना गायक-गायिकाहरुले स्वर दिएका छन् । विष्णुसँगै राजु परियार, बद्री पंगेनी, बिमलराज क्षेत्री, शर्मीला गुरुङ, टीका पुन, देवी घर्ती, जुना श्रीसको स्वर गीतमा सुन्न सकिन्छ ।

विष्णुकै शब्द/रचना रहेको गीतलाई कृष्ण बिकेले एरेन्ज गरेका हुन् । भिडियोमा गायक-गायिकाहरु स्वयंम देखिएका छन् । उनीहरुका साथमा रामजी खाँण, करिष्मा ढकाल र लोमश शर्माको अभिनय भिडियोमा हेर्न सकिन्छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोलाई करन चैसिरले छायाँकन, दिपक विष्टले सम्पादन गरेका हुन् ।