मलिका र कुन्साङ अभिनित ‘तिम्ले देको गलबन्दी’ सार्वजनिक

 

काठमाडौं- गायक तथा संगीतकार राजनराज सिवाकोटीको स्वरमा समावेश ‘तिम्ले देको गलबन्दी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा मलिका र कुन्साङलाई फिचरिङ गरिएको हो । बिनोद बन्जरा र राजनराज सिवाकोटीको शब्द रहेको यो गीतमा राजनराजकै संगीत छ । राजेश पूमा राइको निर्देशनमा तयार भएको यो भिडियोमा सन्तोष राजभाकको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।