आकाश र पुजा अभिनित गीत ‘जब तिमी’

गायक नरेश गुरुङको स्वरमा ‘जब तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा नरेशको साथमा गायिका मेलिना राइको स्वर छ । केदार उप्रेतीको शब्द रहेको गीतमा बादल लिम्बुको संगीत छ ।  भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको प्रेम प्रस्तुत गरिएको छ । सौरभ लामाको छायांकन रहेको भिडियोमा अनिल रानाको सम्पादन, किरण राइको निर्देशन छ ।