तिहार गीत ‘भैलेनी’सार्वजनिक

गायिका अनिता चलाउनेले पनि तिहार गीत सार्वजनिक गरेकी छिन् । उनले ‘भैलेनी’ बोलको तिहार गीत सार्वजनिक गरेकी हुन् । गीतमा उनीसँगै झण्डै एक दर्जन गायक-गायिकाहरुले स्वर दिएका छन् । उनीसँगै रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, एन्जिला रेग्मी, मेलिना मैनाली, बुद्ध लामा, रवि ओड, चक्र बम, योगेश काजी र श्रीकृष्ण बम मल्लको स्वर गीतमा सुन्न सकिन्छ ।

श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा गायक-गायिका स्वयंमका साथमा स्मारिका ढकाल, समारिका ढकाल, एरोना मल्ल लगायतका कलाकारहरुको अभिनय छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीत र भिडियोमा तिहारको उमंगलाई प्रस्तुत गरिएको छ ।