बाध्यताको कथा समेटिएको ‘चौतारीमा छायाँ’

म्युजिक भिडियो चौतारीमा छाँया सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएसंगैं करिब डेढ लाख दर्शकले मन पराएका छन् । नेत्र गुरुङको कन्सेप्ट तथा निर्देशन रहेको गीतको छायाँकन मिलन शंकरले गरेका हुन् । चौतारीमा छायाँ गीतको सम्पूर्ण व्यवस्थापन सबिन गायकले गरेका छन् । गीतको म्युजिक भिडियोमा गाउँको कथालाई प्रस्तुत गरिएको छ ।

आर्थिक समस्याका कारण परदेशीनुपर्ने बाध्यताको कथा हो ‘चौतारीमा छायाँ’ । आफु परदेश भएता पनि घरदेशको माया कति हुन्छ भन्ने विषयलाई समेत म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । ओरालो लागेको जीवनलाई माथि उठाउन परदेश नै जानुपर्छ भन्ने छैन, घरदेश बसेर पनि समस्याको समाधान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह म्युजिक भिडियो हेर्दा मिल्छ ।

म्युजिक भिडियोमा एक गाउँको ठिटो जो भर्खरै मात्र विवाह गरेको छ । पहिले देखिनै गरिबीको रेखामुनी रहेको व्यक्तिले विवाह पश्चात भोग्नुपरेको आर्थिक समस्या र त्यो समस्या टार्न साहुसँग लिएको ऋणका कारण परदेशीनुपर्ने बाध्यतालाई देखाइएको छ ।

चाडपर्वका समय आफ्ना आफन्तबाट टाढिनुपर्दाको पीडालाई समेत म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । गीतबाट आशिष अपेक्षित देखिन्छन् । गाउँको कथा, व्यथालाई समेटिएकाले पनि गीतले राम्रै सफलता लिएको भनाई उनको छ । भन्छन्,‘म पनि परदेश छु । परदेशीनुको पीडा प्रत्यक्ष भोग्ने मान्छे म आफै हो ।यहाँ आएपछि आफन्त र उनीहरुको मायाका बारेमा थाहा हुँदा रहेछ । त्यसैले पनि घरदेशको सम्झनामा गीत लेखे, संगीत भरे सार्वजनिक गरेको छु’।