र्यापर भिटेनको ‘गल्ली सडक’ गीत सार्वजनिक

काठमाडौं- र्यापर भिटेनले ‘गल्ली सडक’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । यो गीतमा समीर घिसिङ ‘भिटेन’को संगीत तथा शब्द छ । गीतको भिडियोलाई जामेस लामा र भिटेनले निर्देशन गरेका हुन् । यो गीतमा भिटेनले विशेषगरि, सरकारले आफूलाई बारम्बार पक्राउ गरेको बिषयमा बोलेका छन् । आफू सडक र गल्लीबाट नै हुर्किएको भन्दै भिटेनले यो विग्रिएको समाज बिगारेर आफूले के पाउँछु र भनेर प्रश्न समेत गरेका छन् ।