पृथ्वी र रचना भन्छन्-‘आऊ हामी सँगै बसौँ’

काठमाडौँ- पृथ्वी खनाल तथा रचना रिमालको स्वर रहेको ‘आऊ हामी सँगै बसौँ’ बोलको गीत सार्वजनिक । लोक आधुनिक विधाको गीत निर्देशन समेत खनाल स्वयंले गरेका छन् । भिडियोमा पिटर गुरुङको छायाँकन तथा विष्णुहरि तिम्सिनाको सम्पादन छ । उक्त गीतमा यशोदा महतको शब्द, करणराज कार्कीको संगीत तथा देवेश राईको संगीत संयोजन रहेको छ । भिडियोमा गायक गायिका नै फिचर्ड छन् ।