गायिका निशा कँडेलको ‘पिरतीको खुल्ला आकाशमा’

 

गायिका निशा कँडेलले तिहारको उपहार स्वरुप ‘पिरतीको खुल्ला आकाशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्। रमेश दाहालको शब्द रहेको गीतमा टिका दाहालको संगीत छ । अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। गीतमा गायिका तथा मोडल निशाले आफ्नो मनको चाहना व्यक्त गरेकी छिन् । पन्छी बनेर उड्न मन लागेको बताउँदै गीतमा उनले प्रेमीसँग रमाउन मन लागेको भाव बोलेकी छिन् ।