विवादपछि पल र समीक्षाको सहकार्य

विवादपछि समीक्षा अधिकारी र पल शाहले पुनः एकसाथ काम गरेका छन् । उनीहरूको सहकार्य रहेको गीत ‘मायाले मायाले’ सार्वजनिक भएको हो । सोमबार सार्वजनिक भएको ‘मायाले मायाले’ बोलको गीतमा समीक्षा अधिकारीको स्वर रहेको गीतमा पल शाहले मोडलिङ गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा पुरुष स्वर भने हिमाल सागरको रहेको छ ।

गायक हिमाल सागर र गायिका समीक्षा अधिकारीको स्वर, दीपक प्रसाद वलीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘मायाले मायाले’ बोेलको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमको आयोेजना गर्दै सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायक पल शाह, नायिका पुजा शर्मा र कलाकार जितु नेपालको अभिनय छ । गीतमा तिनै कलाकारले बेजोड नृत्य गरेका छन् । गीतमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, माधव शर्माको एसोसियट निर्देशन रहेको छ ।