थारु भाषाको गीत ‘मोर पियारी’मा गरिमा

 

काठमाडौं- थारु भाषाको गीत ‘मोर पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र दीपक आरजेको स्वरमा सजिएको उक्त गीतमा दीपक पछ्लङ्गियाका शब्द छन् भने संगीत गायक आरजे आफैँले दिएका छन् । ढाका टोपी फिल्मस र ड्रिम्स ग्रुपको प्रस्तुती रहेको म्युजिक भिडियोलाई नरेशविर सिहंले कोरियोग्राफी गरेका छन् ।

यस्तै गीतको भिडियोमा चर्चित मोडल गरिमा शर्मा र भानुप्रताप चौधरीले अभिनय गरेका छन् । सञ्जय लामाको छायांकन गरेको उक्त गीतको भिडियो देवदत्त क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको निर्देशन जीबी आग्रीले गरेका छन् ।