जुन र ताराको प्रेमिल उदाहरण युवराज र नम्रता

मोफसलको सुन्दर नगरी बिरगंजमा रहेर पनि कलाकारिता क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाइरहेका व्यक्ति हुन् युवराज केशरी । उचाई र वर्णले लोभ लाग्दो शरिरका धनी एवम् प्रखर कलाले निपूर्ण केशरी कलाकारिता वा मोडलिङका अन्य जुन क्षेत्रमा पाइला टेक्छन्, उनी त्यहाँ सबैले तारिफ गर्ने कला प्रस्तुत गर्छन् । यिनै प्रतिभा केशरी पछिल्लो समय मोडलिङ गरेको पछिल्लो प्रस्तुति “म जुन तिमी तारा २” हालै सार्वजनीक भएको छ ।

अनुप तिवारीको शब्द, संगीत र स्वर रहेको अघिल्लो प्रस्तुति ‘म जुन तिमी तारा’ को सिक्वेलको रुपमा आएको पछिल्लो भाग २ मा युवराजको साथमा नम्रता अर्यालको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । गीतको शब्द, संगीत र स्वरको त्रिवेणीमा यो जोडीले अभिनयले थपेको चौकोणले भिडियोलाई अझ आकर्षक बनाएको छ । गीतको भिडियो बिएस मेकर स्टुडियोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।