पशुपतिमा भेटिएकी बालिकाको पढाइको जिम्मा अनुपमले लिने

काठमाडौं- अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको जिम्मा लिने भएका छन् । आरती नाम गरेकी ती बालिकालाई हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आएको बेला गत साता पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए । मंगलबार एक ट्वीट गर्दै अनुपमले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन् ।