फिल्म ‘चपली हाइट ३’को अफिसियल ट्रेलर सार्वजनिक

 

काठमाडौं- फिल्म ‘चपली हाइट ३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी निर्माण टिमले फिल्मको २ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । यो फिल्म पुस २ गते रिलिज हुँदैछ । सार्वजनिक ट्रेलरमा फिल्ममा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ । अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको छ ।

फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका छन् ।