गायक सुदीपकुमारको ‘एक वचन बोल्दैमा’

 

काठमाडौं- गायक सुदीपकुमार थकालीले ‘एक वचन बोल्दैमा’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।

राम केसीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडलद्वय उषा उप्रेती र लोमुस शर्माबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।  यसअघि गायक थकालीले ‘रेलको धुवाँ’, ‘एउटै मुटु’, ‘ॐ शान्ति ॐ’, बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।