‘डन ३’मा रणवीर सिंहको इन्ट्री


बलिउडका २ सुपरस्टार नायकहरु अमिताभ बच्चन र साहरुख खानले अभिनय गरेको फिल्म ‘डन’को नयाँ फ्रेन्चाइजमा अर्का नायक रणवीर सिंहको प्रवेश भएको छ । 

फरहान अख्तरको निर्देशनमा बन्ने ‘डन ३’ साहरुखले नगर्ने निर्णय गरेका थिए । साहरुखले फिल्म नगर्ने निर्णय गरेसँगै रणवीर सिंहको इन्ट्री भएको खबर भारतीय मिडियामा सार्वजनिक भएको छ । 

केही दिन अगाडि रणवीरलाई फिल्मको निर्माण टिमले प्रस्ताव गरेको खबर बाहिरिएको थियो । ‘डन र डन २’मा नायक साहरुख खानले अभिनय गरेका थिए । यसपछि, उनले बोलेको संवाद सर्वाधिक चर्चित बन्यो । साहरुखले ‘डन’मा काम गरेर अमिताभ बच्चनलाई समेत पछि पारेको चर्चा भएको थियो । 

तर, साहरुखको स्थानमा रणवीर सिंहको प्रवेश भएको खबर सार्वजनिक भएसँगै यो सिरिजका फ्यानहरु निराश बनेका छन् । कतिपयले रणवीरले साहरुखको जस्तो अभिनय गर्न नसक्ने तर्क गरेका छन् ।