एकसाथ पिकबल खेलेपछि फेरि चल्यो आमिर र फतिमाको प्रेमको चर्चा

सन् २०२१ मा आफ्नी श्रीमति किरण रावसँग डिभोर्स गरेपछि नायक आमिर खानको पारिवारिक सम्बन्ध चर्चामा आयो । आमिरले किरणसँग डिभोर्स गर्नु अगाडि उनको चर्चा नायिका फतिमा साना सैखसँग चलेको थियो ।
फतिमासँग बिहे गर्ने तयारी गरेकै कारण आमिरले किरणसँग डिभोर्स गरेको खबरहरु समेत मिडियामा चल्यो । विशेषगरि, फिल्म ‘दंगल’मा एकसाथ काम गरेपछि आमिर र फतिमाको प्रेम चर्चा सुुरु भएको हो । फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा पनि एकसाथ देखिएपछि भने यो चर्चाले फेरि स्थान पाएको थियो ।
तर, विस्तारै सेलाउँदै गएको चर्चा फेरि एकपटक गर्मिएको छ । हालै मात्र, आमिर र फतिमाले एकसाथ पिकबल खेलेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । आमिर र फतिमा एउटै टिम भएर पिकबल खेलिरहेका छन् ।
उनीहरुले आफ्नो अपार्टमेन्टको घेरा भित्र खेलेको खेलको भिडियो कोही सामाजिक संजाल प्रयोगकर्ताले लुकेर खिचेका छन् । यो भिडियो सार्वजनिक भएपछि फेरि उनीहरु एकसाथ किन देखिए भन्ने चर्चा सुरु भएको छ । फतिमा नायक आमिर खानकी छोरी इरा खानसँग नजिक छिन् । इरा खानको जन्मदिनको पार्टीमा पनि फतिमा देखिदै आएकी छिन् ।
केही समय अगाडि मिडियामा दिएको एक अन्तरवार्तामा पनि फतिमाले यस्ता खालका खबरले आफूलाई दिकदार बनाएको बताएकी थिइन् । फतिमाले यस्तो बिषयमा अब आफूलाई बोल्न आवश्यक नलाग्ने पनि बताएकी थिइन् । उनले, जति नै स्पष्टिकरण दिएपनि मानिसहरुले बोल्न र कुरा गर्न नछाड्ने बताएकी थिइन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया