‘ट्वेल्थ फेल’ नायिकाको एक सातामै १० लाख फलोअर्स बढे

फिल्म ‘ट्वेल्थ फेल’मा काम गरेपछि नायिका मेधा शंकरको क्रेज र चर्चा दुवै चुलिएको छ । फिल्म भित्र उनले ‘श्रद्धा’ नामक पात्रको भूमिका निर्वाह गरेकी छिन् । 

यो फिल्मको चर्चा चुलिएसँगै उनको खोजी पनि इन्टरनेटमा ह्वात्तै बढेको छ । भारतीय मिडियाका अनुसार, उनको फलोअर्स एक सातामै १० लाख भन्दा बढीले बढेका छन् । यो फिल्मको चर्चा हुनु अगाडि मेधाको फलोअर्स ३ लाखको आसपासमा थिए । तर, अहिले  उनको इन्स्टाग्राममा १३ लाख फलोअर्स छन् । 

दर्शकले उनको भूमिकालाई कुन हदसम्म रुचाएका छन् भन्ने यसबाट पनि पुष्टि हुन्छ । मेधाले यसअघि पनि केही फिल्ममा काम गरेकी थिइन् । तर, उनी नोटिस हुन सकेकी थिइनन् । तर, यो फिल्मबाट भने उनको क्रेज नयाँ तहमा पुगेको छ । यसअघि फिल्म ‘एनिमल’मा काम गरेपछि नायिका तृत्ती डिमरीको क्रेज पनि यसरी नै चुलिएको थियो । 

विधु विनोद चोपडा निर्देशित यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्यो । तर, ओटिटीमा रिलिज भएपछि भने यसको क्रेज अझै बढेको हो ।