एनिमल ९०० करोडको क्लबमा

बलिउड अभिनेता रणवीर कपूरको फिल्म ‘एनिमल’ रिलिज भएको ६ हप्ता भइसकेको छ र आज पनि यो फिल्मले बक्स अफिसमा कमाइ गरिरहेको छ । 

फिल्मको पहिलेको तुलनामा दैनिक कलेक्सनमा ठुलो गिरावट आएपनि विश्वव्यापी बक्स अफिसमा धमाकेदार कीर्तिमान बनाउँदै गएको छ । ‘एनिमल’ले हालसम्म विश्वभर कति करोडको व्यापार गरेको छ ।

डंकी र सालार जस्ता ब्लकबस्टर फिल्महरूको बीचमा ‘एनिमल’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ। सकनिल्कको रिपोर्टका अनुसार फिल्म ‘एनिमल’ ले बक्स अफिसमा ९०० करोडको विश्वव्यापी कलेक्सन गरेर इतिहास रचेको छ । यो ४० दिनको कमाइको तथ्याङ्क हुन्। रणवीर कपुरले फिल्म ‘एनिमल’ मार्फत यो ठुलो कीर्तिमान आफ्नो नाममा बनाएका छन् । 

यस्तै, ‘एनिमल’ ले घरेलु बक्सअफिस पनि राम्रो कमाइ गरिरहेको छ । सकनिल्कका अनुसार फिल्मले पछिल्लो ४० दिनमा भारतमा ५५१.२१ करोड कमाएको छ । अन्य फिल्म ‘पठान’ र ‘गदर २’ को कमाइको रेकर्ड पनि एनिमलले भारतमा राखेको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार किंग खानको ‘पठान’ ले ५४३.०५ करोड र सनी देओलको  ‘गदर २’ ले ५२५.४५ करोडको व्यापार गरेको थियो । अब घरेलु बक्सअफिसमा ६४३.८७ करोड कमाउने शाहरुख खानको ‘जवान’को रेकर्ड ‘एनिमल’ले तोड्छ कि सक्दैन ? त्यो हेर्न बाँकी छ ।