कट्रिना र विजयको ‘मेरी क्रिसमस’लाई दर्शक पाउनै मुश्किल

बलिउड स्टार नायिका कट्रिना कैफ र साउथ सुपरस्टार नायक विजय सेतुपतिको मुख्य भूमिका रहेको फिल्म ‘मेरी क्रिसमस’ले बक्स अफिसमा कमजोर सुरुवात गरेको छ । 

यो फिल्मले बक्स अफिसमा शुक्रबार २.३० करोडको ओपनिङ गरेको थियो । शनिबार फिल्मको व्यापारमा केही वृद्धि भएपनि पर्याप्त छैन । यो फिल्मले शनिबार ३.४० करोडको व्यापार गरेको छ । दुई दिनमा फिल्मले ५.७० करोडको व्यापार गरेको छ । 

गतबर्षको क्रिसमसमा नै रिलिजमा आउनुपर्ने यो फिल्म पोस्टपोन्ड भएको थियो । जनवरी महिनामा दर्शकले यो फिल्मप्रति रुची देखाएका छैनन् । 

फिल्मले समीक्षकबाट भने राम्रो समीक्षा पाएको छ । फिल्मको दोस्रो हाफलाई दर्शकले पनि रुचाएका छन् ।