‘फाइटर’ ट्रेलरः आंतकबादी हमला र पाकिस्तानसँगको वारको कथा

रिलिजको दश दिन अगाडि फिल्म ‘फाइटर’को ट्रेलर सार्वजनिक गरिएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुर, करण सिंह ग्रोबरको मुख्य भूमिका छ । 

यो फिल्मलाई पहिलो एरीयल एक्सन समावेश गरिएको बलिउड फिल्म भनिएको छ । फिल्मले भारतीय बायू सेनामाथि आतंकवादी हमलापछि उत्पन्न हुने परिस्थिति र बदलाको कथालाई उठान गरेको छ । 

फिल्मको ट्रेलर हेर्दा यसको मेकिङ उच्च लाग्छ । कथावस्तु बलिउड फिल्मले यस भन्दा अगाडि पनि देखाउँदै आएका भन्दा फरक छैन । तर, फिल्मको मेकिङले यसलाई विशेष बनाएको छ ।

फिल्ममा ममता आनन्द, रामोन चिब, अंकु पाण्डे, केभिन भाज र अतिज अन्धरेको लगानी छ । फिल्ममा विशाल शेखरको संगीत समावेश छ ।