होटल मालिकसँग बनाएको अश्लिल भिडियोले लियो मोडल दिव्याको ज्यान

भारतीय मोडल दिव्या पाहुजाको शव हरियणाको एक नहरमा फेला परेको छ । पक्राउ परेका अभियुक्तको बयानका आधारमा उनको शव हत्या भएको दुईसाता पछि भेटिएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार उनको केही दिन अघि गुरुग्रामको एक होटलमा गोली हानी हत्या गरिएको थियो ।अभियुक्त बलराज गिलले दिएको जानकारीका आधारमा दिव्या पाहुजाको शव फेला परेको प्रहरी अधिकारीको दाबी छ । 

बलराज गिल बिहीबार कोलकाता एयरपोर्टबाट पक्राउ परेका थिए । बलराज गिलमाथि दिव्याको शवको विसर्जन गरेको आरोप छ ।

नयाँ वर्ष जनवरी १ तारिखमा हरियाणाको गुरुग्रामस्थित  सिटी प्वाइन्ट होटलमा उनको पाँच जनाले गोली हानेर हत्या गरिएको थियो । होटलको कोठा नम्बर १११ मा उनलाई टाउकोमा गोली हानेको प्रहरीले जनाएको छ ।

विवादित छवीका रुपमा परिचित २७ वर्षिया मोडेल पाहुजाले सोही होटलका मालिक अभिजित सिंहलाई पछिल्लो समय  बारम्बार भिडियो डिलिट गर्न दबाब दिदै आएका थिए । पाहुजाले तिनै भिडियोको साहारामा ब्ल्याकमेल गरेर मानसिक तनाव दिन थालेपछि पाहुजाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर पाहुजाको परिवारले भने आरोपको खण्डन गर्दै आएको छ । दिव्याकी आमाले होटल सञ्चालक अभिजीत सिंह उनको नयाँ प्रेमी भएको बताइन् ।

होटलबाट प्राप्त सीसीटिभी फुटेजमा देखिए अनुसार उनको शवलाई सोही दिननै होटलबाट घिसारेर कारमा हालिएको थियो । उनले होटल सिटी प्वाइन्टको सीसीटीभीमा अभियुक्त देख्न सकिने बताए जसमा होटल सञ्चालक पनि छन् । प्रहरीका अनुसार दिव्या पाहुजाले सो होटलका मालिकलाई ब्ल्याकमेल गरिरहेकी थिइन् । 

सीसीटीभी फुटेजमा होटलको लबीबाट कथित रूपमा सेतो चादरमा बेरेर दिव्या पाहुजाको शव लिएर गएको केही व्यक्तिहरू देखिन्छन्। यी व्यक्तिहरूले शवलाई कारको डिक्कीमा राखेर त्यहाँबाट लैजाँदै गरेको देखिन्छ ।

पुलिसका अनुसार होटल मालिकले पछि कारको साँचो बलराज गिललाई दिएका थिए र कार पछि पटियाला, पञ्जाबको बस स्ट्यान्डमा बेवारिसे अवस्थामा फेला परेको थियो।

एसीपी (अपराध) वरुणकुमार दहियाका अनुसार बलराज गिलका सहयोगी अझै पक्राउ परेका छैनन् । यस घटनामा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरेको थियो ।

गुरुग्रामका सहायक प्रहरी आयुक्त (अपराध) वरुण कुमार दहियाले दिव्याको शव फतेहाबादको टोहानास्थित भाक्रा नहरको सहायक नहरबाट फेला पारेको बताए। 

दिव्या पाहुजा मोडल मात्रै थिएनन्, उनी कुनै समय ग्याङ्स्टर सन्दीप गोडालीकी प्रेमिका थिइन् । सन्दीप प्रहरीसँगको भिडन्तमा मारिएका थिए । उक्त मुद्दामा दिव्या मुख्य साक्षी थिइन्, उनीमाथि केही गम्भीर आरोप पनि लागेको थियो जसका कारण उनले सात वर्ष जेल बसेकी थिइन् । तर गत वर्ष बम्बे उच्च अदालतले उनलाई जमानत दिएको थियो। उनी गत वर्ष मात्रै जुनमा जमानतमा रिहा भएकी थिइन् ।