अक्षय र टाइगरको एक्सनमा ‘बडे मियाँ छोटे मियाँ’को टिजर

वासु भग्नानी र पूजा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टिजर आज रिलिज भएको छ । सार्वजनिक टिजरमा भारत देशमा खतरा बढेपछि लडाइको मैदानमा उत्रिएका दुई जवानको कथालाई उठान गरिएको छ । 

अली अब्बास जफरको निर्देशनमा तयार भएको यो फिल्ममा अक्षय कुमार, टाइगर श्राफ, पृथ्वीराज सुकुमारन, सोनाक्षी सिन्हा, मानुषी चिल्लर लगायतका कलाकारको अभिनय छ । 

फिल्मको टिजरमा अक्षय र टाइगरबिचको मित्रतालाई पनि देखाइएको छ । तर, फिल्मको टिजरमा एक्सनलाई बढी स्थान दिइएको छ । 

अली अब्बास जफर र अदित्य बासुको लेखनमा तयार भएको यो फिल्म इदमा रिलिज हुँदैछ । बक्स अफिसमा यो फिल्मले बम्पर कमाई गर्ने आँकलन गरिएको छ ।