रनवीर, आलिया र विक्कीलाई लिएर संजयले ‘लभ एन्ड वार’ बनाउने

फिल्म ‘गांगुबाई काठियावाडी’ सुपरहिट भएपछि निर्देशक संजयलिला भन्सालीले ‘हीरामन्डी’ नामक वेब सिरिज बनाए । यसपछि, उनले बलिउड नायक साहरूख खानसँग काम गर्न लागेको चर्चा समेत चलेको थियो । 

तर, संजयले आज नयाँ फिल्मको घोषणा गरेका छन् । उनले ‘लभ एन्ड वार’ नाममा लभ स्टोरी फिल्म बनाउन लागेको घोषणा गरेका हुन् । 

यो फिल्ममा नायक रनवीर कपुर, नायिका आलिया भट्ट र नायक विक्की कौसलको मुख्य भूमिका रहनेछ । 

सामाजिक संजालबाट यी तिनै कलाकारहरूले फिल्मलाई लिएर उत्साह व्यक्त गरेका छन् । फिल्म ‘लभ एन्ड वार’लाई एपिक लभस्टोरी भनिएको छ ।

रनवीर र आलियाको जोडी बलिउडमा सर्वाधिक चर्चामा छ । रनवीरको फिल्म ‘एनिमल’ले बक्स अफिसमा बम्पर कमाई गरेपछि उनको पनि चर्चा चुलिएको छ । अब, यसमा विक्कीको पनि प्रवेश भएपछि यसले झनै चर्चा पाउने निश्चित छ ।