भारतमा ‘फाइटर’को ओपनिङ २४ करोड, नेपालमा औषत छ व्यापार

बलिउड फिल्म ‘फाइटर’ले भारतमा सन्तोषजनक ओपनिङ गरेको छ । बिहिबारबाट रिलिज भएको यो फिल्मले पहिलो दिन २४.६० करोडको व्यापार गर्यो ।

बिहिबार बिहान फिल्मको ओपनिङ निकै कमजोर थियो । तर, फिल्मको व्यापार बेलुकी र रात्रीकालिन शोमा बढेपछि यसको व्यापार सन्तोषजनक हुन पुगेको हो । 

आज भारतमा ‘स्वतन्त्रता दिवस’को बिदा भएकाले पनि व्यापारमा उछाल आउने आँकलन गरिएको छ । आज फिल्मले बक्स अफिसमा ३० करोड भन्दा माथिको व्यापार गर्ने आँकलन गरिएको छ । 

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुर लगायतका कलाकारको अभिनय छ । फिल्मलाई भारतीय समीक्षकहरूले उच्च रेटिङ दिएका छन् । 

फिल्म ‘फाइटर’ले नेपालमा भने बिहिबार निकै नै कमजोर व्यापार गर्यो । फिल्मको व्यापारले नेपाली प्रदर्शकहरुलाई समेत तनावमा पारेको छ । आज शुक्रबार भने हिजोको तुलानामा व्यापार केही बढेको छ । तर, बुकिङको गति भने सुखद छैन । नेपाली दर्शकलाई यो फिल्मको कथावस्तु र एरीयल फाइटमा उत्साह नभएको देखिएको छ ।