यस्तो छ बबी देओलको ‘कंगुवा’मा लुक्स

आज शनिबार बलिउड नायक बबी देवलले आफ्नो ५५ औं जन्मदिन मनाउँदै छन् । बबीको जन्मदिनको अवसरमा उनी अभिनित नयाँ साउथ फिल्म ‘कंगुवा’को फस्टलुक रिलिज गरिएको छ । 

यो फिल्ममा साउथ स्टार सूर्याको मुख्य भूमिका छ । फिल्ममा बबी देवल खलपात्रको भूमिकामा देखिदैछन् । उनी फिल्ममा ‘उधिरन’ नामक पात्रको भूमिकामा छन् । 

फिल्मको पोस्टर सार्वजनिक गर्दै मेकरले  लेखेका छन्–‘निर्दयी, ताकतवर र कहिले भुल्न नसकिने ।’

यो फिल्मलाई ३८ वटा भाषामा रिलिज गर्ने तयारी मेकरको छ । फिल्ममा सूर्या, बबी देवलको साथमा दिशा पटानी, जगपति बाबु र योगी बाबुको मुख्य भूमिका छ । 

फिल्म ‘एनिमल’मा काम गरेपछि बबी देवलको क्रेज ह्वात्तै बढेको छ । उनको भूमिकालाई दर्शकले निकै मन पराए ।