कन्फर्मः ‘रामायना’मा हनुमान बन्दै सन्नी देवल

बलिउड निर्देशक नितेश तिवारी नयाँ फिल्म ‘रामायना’ बनाउँदैछन् । यो फिल्मको छायांकन अब केही महिनामा सुरु हुँदैछ । फिल्ममा भगवान रामको भूमिकामा नायक रनवीर कपुरले काम गर्ने पक्का भइसकेको छ ।

यस्तै, सीताको भूमिकामा साउथकी चर्चित नायिका साई पल्लभीले काम गर्दैछिन् । फिल्ममा रावणको भूमिकामा साउथका सुपरस्टार यशले काम गर्ने पक्का भएको छ । 

अब, यो टिममा नायक सन्नी देवल पनि जोडिएका छन् । सन्नीले फिल्ममा ‘हनुमान’को भूमिकामा काम गर्ने पक्का भएको हो । 

फिल्ममा विभीषणको भूमिकाका लागि कलाकार विजय सेतुपतिलाई अफर गरिएको छ । फिल्म ‘आदिपुरुष’ले चर्को आलोचना खेपेपछि धार्मिक कथामा फिल्म बनाउन मेकरहरु गम्भीर देखिएका छन् ।

नितेश यो फिल्मलाई गहिरो अनुसन्धान गरेर मात्र बनाउने दौडमा छन् । यसका लागि उनले कलाकारहरूको छनोटमा पनि गम्भीरता देखाएका छन् ।