रिलिजको पाँचौ दिन बक्स अफिसमा दुर्घटनामा पर्यो ‘फाइटर’

सिद्धार्थ आनन्दले गतबर्ष बक्स अफिसमा ब्लकबस्टर फिल्म ‘पठान’ दिएका थिए । यो फिल्मले बक्स अफिसमा ५ सय करोड भन्दा बढी कमायो । 

तर, उनै सिद्धार्थले एक बर्षपछि निर्देशन गरेको फिल्म ‘फाइटर’ले भने बक्स अफिसमा कमजोर कमाई गरेको छ । फिल्मले विकेन्ड कलेक्शनमा राम्रो कमाई गरेको थियो ।

फिल्मले रिलिजको पहिलो दिन बिहिबार २४.६० करोड, शुक्रबार ४१.२० करोड, सोमबार २७.६० करोड र आइतबार ३०.२० करोडको व्यापार गरेको थियो । ४ दिनमा १२३.६० करोडको कमाई गरेको फिल्म रिलिजको पाँचौ दिन सोमबार बक्स अफिसमा दुर्घटनामा परेको छ । 

यो फिल्मले सोमबार बक्स अफिसमा ७ करोडको हारहारीको व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

ऋतिक रोशन, दीपिका पादुकोण जस्ता नाम चलेका कलाकारको यो फिल्म बक्स अफिसमा किन दुर्घटना पर्यो भन्ने विषयमा विभिन्न खालको टिप्पणी भइरहेको छ । ३ सय करोडको लगानीमा बनेको यो फिल्मले बक्स अफिसमा २ सय करोड पनि नकमाउने देखिएको छ ।