साहरुखले छाडे छोरीसँगको फिल्म

बलिउड नायक साहरूख खानले गतबर्ष तीन वटा सुपरहिट फिल्म दिए । दुई वटा फिल्मले त बक्स अफिसमा एक हजार करोड माथिको व्यापार गरे । यसैले, साहरूखको आगामी फिल्म के होला भन्ने उत्सुकता उनका फ्यानहरुमाझ छ । 

यसैबिच, साहरूखले सुजय घोषको निर्देशनमा बन्ने नयाँ फिल्म ‘द किङ्ग’मा काम गर्ने तयारी गरेका थिए । यो फिल्ममा साहरूखकी छोरी सुहाना खानको मुख्य भूमिका रहने पक्का भएको थियो । 

छोरीको फिल्ममा साहरूखले विशेष भूमिकामा काम गर्न लागेका थिए । रेड चिल्ली इन्टरटेन्मेन्टले नै यो फिल्म बनाउन लागेका थिए । तर, अब साहरूखले यो फिल्मलाई नबनाउने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

छोरीलाई आफ्नै ब्यानरको फिल्ममा आफूसँगै डेब्यू गराउँदा नकारात्मक सन्देश जाने सोचेर साहरूखले यो फिल्म नगर्ने निर्णय गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

मिडिया रिपोर्टका अनुसार, सुहानाले अब यशराज फिल्मसको ब्यानरमा बन्ने फिल्मबाट बलिउडमा डेब्यू गर्ने तयारी गरेकी छिन् । साहरूखले भने कुन फिल्म गर्ने भन्ने विषयमा कुनै पनि निर्णय लिइसकेका छैनन् ।