क्यान्सरका कारण मोडल पूनम पाण्डेको ३२ बर्षको उमेरमा निधन

बलिउडकी चर्चित मोडल तथा नायिका पूनम पाण्डेको निधन भएको छ । भारतीय मिडियाका अनुसार उनको ३२ बर्षको उमेरमा निधन भएको हो । 
मोडल पाण्डेको पाठेघरको मुखको क्यान्सरका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

पूनमका म्यानेजरले पनि यो कुराको पुष्टि गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

केही घन्टा अगाडि पुनमको इन्स्टाग्राममा लेखिएको छ–‘आजको बिहानी हाम्रा लागि निकै नै मुस्किल रहन पुग्यो । हामीलाई यो कुरा बताइरहँदा दुःख लागेको छ कि, पुनमलाई हामीले गुमाएका छौं । यो दुःखको समयमा हामी गोप्यताको आग्रह गर्दछौं ।’

पूनमको परिवारले भने अहिलेसम्म यो बिषयमा केही पनि बोलेको छैन । 

सन् २०११ मा दिएको एक बयानपछि पूनमको चर्चामा आएकी थिइन् । उनले, यदि भारतले सन् २०११ को वल्र्ड कप जित्यो भने आफू नांगै हुने बताएकी थिइन् । यसपछि उनको चर्चा चुलिएको थियो । 

पूनमको जन्म कानपुरमा भएको हो । उनले सन् २०१३ मा फिल्म ‘नशा’मा काम गरेकी थिइन् । यसपछि उनले ‘आ गया हिरो, द जर्नी अफ कर्मा’ लगायतका फिल्ममा काम गरेकी थिइन् । 

पूनमले सन् २०२० मा बिबाह गरेकी थिइन् । दुई बर्ष लामो लिभिङ टुगेदरमा बसेपछि उनले बिबाह गरेकी हुन् । तर, बिहेको एक महिना नपुग्दै  उनले आफ्ना श्रीमान् विरुद्ध घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिइन् । यसपछि, उनी सन् २०२१ मा आफ्ना श्रीमान्सँग अलग भएकी थिइन् ।