बिहे गर्दै तापसी

गतबर्ष फिल्म ‘डंकी’मा काम गरेकी नायिका तापसी पन्नुले यो बर्ष भने बिहे गर्ने भएकी छिन् । 

भारतीय मिडियाका अनुसार, उनले मार्च महिनामा बिहे गर्न लागेकी हुन् । तापसी लामो समयदेखि ब्याडमिन्टन खेलाडी माथियास बोईसँग प्रेममा छिन् । अब, यो जोडी बैबाहिक जीवनमा बाँधिन लागेको हो । 

यो जोडीको बिहे उदयपुरमा हुन लागेको मिडिया रिपोर्टमा उल्लेख छ । परिवारका सदस्यको मात्र उपस्थितिमा तापसीले बिहे गर्न लागेकी हुन् ।

बलिउडका कुनै पनि कलाकारलाई बिहेमा निम्तो गरिएको छैन । तापसी र बोई विगत १० बर्षदेखि प्रेम सम्बन्धमा छन् । बिहेमा तापसी र बोइको सांकृतिक परम्परालाई नै अपनाइनेछ । 

तापसी बलिउडकी चर्चित नायिका हुन् । जसको अभिनयको तारिफ निकै हुने गरेको छ ।