सेप्टेम्बरमा आमा बन्दै दीपिका

नायिका दीपिका पादुकोणले आफू आमा बन्न लागेको खुशी फ्यानहरुसँग शेयर गरेकी छिन् । सामाजिक संजालमा एक तस्विर पोष्ट गर्दै उनले सेप्टेम्बर महिनामा आमा बन्न लागेको जानकारी दिएकी हुन् । 

दीपिकाको यो पोष्टमा बलिउडका नायक नायिकाहरूले वधाई दिइरहेका छन् । दीपिका र नायक रणवीर सिंहले सन् २०१८ को नोभेम्बर १४ मा बिहे गरेका थिए । 

गतबर्ष त यी दुइको डिभोर्स हुन लागेको खबर पनि मिडियामा सार्वजनिक भइरहेका थिए । तर, दीपिका र रणवीरले भने आफ्नो खुशी फ्यानहरुसँग शेयर गरेका छन् । 

दीपिका र रणवीरले केही बर्ष प्रेम गरेपछि बिहे गरेका थिए । फिल्म ‘राम लिला’मा काम गर्दा यी दुई प्रेममा परेका थिए ।