अम्बानीका छोराको बिहेमा गाउन रिहानले लिइन् ७४ करोड

गायिका रिहाना भारत आइपुगेकी छिन् । भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको बिहेमा प्रस्तुति दिनका लागि रिहाना भारत आइपुगेकी हुन् । उनले, आज उनले विश्वका प्रख्यात व्यक्तिहरूको अगाडि आफ्नो प्रस्तुति दिनेछिन् । 

भारतीय मिडियाका अनुसार, धनाढ्य व्यापारी अम्बानीका छोराको बिहेमा गीत गाउनका लागि रिहानाले महँगो पारिश्रमिक लिएकी छिन् । भारतीय मिडियाका अनुसार, रिहानाले अम्बानीका छोराको बिहेमा प्रस्तुति दिनका लागि ६६ देखि ७४ करोड भारू बुझेकी छिन् । 

अम्बानीका छोराको बिहेमा बलिउडका अधिकांश कलाकार पुगेका छन् । साहरुख खान, सलमान खान, अभिषेक बच्चन, रणवीर कपुर, रणवीर सिंह, दीपिका पादुकोण लगायतका स्टारहरू बिहेमा पुगेका छन् । 

यस्तै, विश्वका धनाढ्य व्यापारीहरू पनि बिहेमा सहभागी हुन भारत आएका छन् ।