ओस्कारको स्टेजमा जोन सिना नांगिएपछि हंगामा

विश्वकै प्रतिष्ठित ओस्कार अवार्डको ९६ औं सँस्करण अमेरिकामा आयोजना भएको छ । तर, अवार्ड समारोहमा हलिउडका चर्चित कलाकार तथा रेस्लर जोन सिना नांगिएर स्टेजमा पुगेपछि भने हंगामा भएको छ । 

उनी, स्टेजमा उत्कृष्ट कस्ट्यूम डिजाइनको अवार्ड दिन पुगेका थिए । लगभग नांगिएर स्टेजमा पुगेपछि उपस्थित अतिथीहरुमा हाँसो छुटेको थियो । 

यो तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ । उनले, लुगा महत्वपूर्ण भएको पनि बताए । अस्कर अवार्डमा पहिरनको विधामा अवार्ड वितरणका लागि यो फन्डा अपनाइएको थियो ।

अवार्ड वितरण गर्नु अगाडि स्टेजको बत्ती मधुरो बनाइएको थियो । यसपछि, उनले पर्दाले शरीर ढाकेपछि मञ्चमा उज्यालो पारिएको थियो । यो विधामा अवार्ड ‘पुअर थिंग्स’ले प्राप्त गरे ।