सय करोड नजिक ‘सैतान’, दोस्रो दिन बढ्यो ‘योद्धा’को व्यापार

नायक अजय देवगण र कलाकार आर माधवनको मुख्य भूमिका रहेको फिल्म ‘सैतान’ सय करोड नजिक पुगेको छ । बक्स अफिसमा लोभलाग्दो व्यापार गरिरहेको यो थ्रिलर फिल्मले दर्शकको उच्च साथ पाएको छ । 

यो फिल्मले बक्स अफिसमा दोस्रो साताको शनिबारसम्म ९० करोड माथिको व्यापार गरिसकेको छ । यो फिल्म भोलि सोमबार सय करोडमा पुग्ने प्रक्षेपण गरिएको छ । 

फिल्म ‘सैतान’को बलियो वर्ड अफ माउथका कारण दर्शकको उच्च चाप हलमा देखिएको थियो । 

यस्तै, सिद्धार्थ मल्होत्रा र दिशा पटानीको मुख्य भूमिका रहेको फिल्म ‘योद्धा’ले रिलिजको दुई दिनमा १० करोडको कमाई गरेको छ । फिल्मले समीक्षकबाट सुखद प्रतिक्रिया पाएको छ । 

भारत र पाकिस्तानको लडाई र मित्रताको कथामा तयार भएको यो फिल्मले पहिलो दिन ४.२५ करोडको व्यापार गरेको थियो । दोस्रो दिन फिल्मको व्यापार ६.०१ करोड छ । दुई दिनमा १०.२६ करोडको व्यापार गरेको फिल्मले आइतबार लोभलाग्दो कमाई गर्ने अपेक्षा गरिएको छ । 

यो फिल्ममा नायक सिद्धार्थ मल्होत्राको कामले प्रशंसा पाइरहेको छ ।