बक्स अफिसमा तब्बु, करिना र कृतिको फिल्मको धमाका

फिल्म ‘क्रु’ले बक्स अफिसमा धमाका मच्चाएको छ । तीन नायिकाहरूलाई केन्द्रमा राखेर तयार भएको यो फिल्मले विकेन्डमा ३२ करोडको कलेक्शन गरेको छ । 

फिल्मले शुक्रबार १०.२८ करोडको सुखद ओपनिङ गरेको थियो । यस्तै, शनिबार फिल्मको व्यापार १०.८७ करोड र आइतबार ११.४५ करोड रह्यो । तीन दिनमा नै फिल्मले लगानी उठाएको भारतीय मिडियाले  उल्लेख गरेका छन् । 

यो फिल्ममा तब्बु, करिना कपुर र कृति सेननको मुख्य भूमिका छ । विमान कम्पनीमा एयर होस्टेजको रुपमा काम गर्ने तीन महिलाहरूको कथामा यो फिल्म बनेको छ ।

फिल्मले कसरी विमानबाट अवैधानिक सुनको व्यापार हुने गरेको छ भन्ने विषयलाई पनि उठान गरेको छ । यो फिल्मलाई राजेश ए कृष्णाले निर्देशन गरेका हुन् । फिल्ममा कपिल शर्मा र दिलजित दोसान्जको पनि विशेष भुमिका छ ।