‘नो इन्ट्री २’ मा दश नायिका, नायकमा बरुण, अर्जुन र दिलजित फाइनल

फिल्म ‘नो इन्ट्री’ले अझै पनि दर्शकको दिमाग हल्लाउँछ । बलिउडका चर्चित नायकहरू सलमान खान, अनिल कपुर, फरदिन खानले दर्शकलाई निकै हसाँएका थिए । 

अब, यो फिल्मको सिरिज पनि बन्ने तयारीमा छ । यो फिल्मको सिरिजमा अघिल्लो भागका नायकहरू देखिने छैनन् । यसपटक, निर्माता बोनी कपुरले नयाँ नायकहरूसँग काम गर्ने तयारी गरेका छन् । 

यो फिल्ममा नायकहरू वरुण धवन, अर्जुन कपुर र दिलजित दोसान्जको मुख्य भूमिका रहने बोनी कपुरले जानकारी दिएका छन् । यतिमात्र होइन, यो फिल्ममा दश जना नायिका रहने पक्का भएको छ । फिल्ममा ‘नो इन्ट्री’ भन्दा अझ बढी कमेडी हुने निर्माताको तर्क छ । यो फिल्मको छायांकन डिसेम्बरबाट सुरु गरिने बोनी कपुरको भनाई छ । 

बोनीका अनुसार फिल्मलाई अनिल बाज्मीले निर्देशन गर्दैछन् । फिल्मको कथावस्तुलाई लिएर आफू उत्साहित रहेको बोनीको भनाई छ । फिल्ममा अधिकांश कलाकार नयाँ राखिने पनि उनले भारतीय मिडियालाई जानकारी दिएका छन् ।