चर्चामा ‘डियर कमरेड’ अभिनेत्री रश्मिका, यस्तो छ उनको फिल्मी यात्रा

केहि दिन अघि रश्मिका मण्डना र विजय देवाराकोण्डा अभिनित तेलुगु भाषाको रोमान्टिक एक्सन फिल्म ‘डियर कमरेड’ हिन्दि डबिंगमा युट्बमा सार्बजनिक भएको थियो । सार्बजनिक भए संगै जताततै फिल्मकि नायिका रश्मिका मण्डनाको चर्चा सुनिन थालेको छ । हिन्दि भाषामा फिल्म हेरेपछि उनका प्रसंशकहरु र सामाजिक संजालमा फलो गर्नेहरुको संख्या तिब्र गतिमा बढिरहेको छ । ‘डियर कमरेड’ अहिले नेपालको युट्ब ट्रेन्डिंगमा पनि पहिलो स्थानमा छ ।

तेलुगु र कन्नडा फिल्ममा काम गरिरहेकी रश्मिका मण्डना छोटो समयमा नै ख्याति कमाएकी र राम्रो पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । कन्नडा फिल्म उद्योग र संचार माध्यमहरुमा उनलाई ‘कर्नाटका क्रश’ भनेर पनि चिनिन्छ ।

सन् १९९६ मा कर्नाटकाको कोडागु जिल्लाको विराजपेटमा जन्मिएकी रश्मिकाले पत्रकारिता, मनोविज्ञान र अंग्रेजी साहित्यको औपचारिक अध्ययन गरेकीछिन । अध्ययनको क्रममा उनले मोडलिङ र केहि बिज्ञापनहरुमा पनि काम गरिन । सन् २०१६ मा कन्नडा फिल्म ‘किरिक पार्टी’ बाट अभिनय यात्रा थालेकी रश्मिकाले त्यस पछि ‘अन्जानी पुत्र’ र ‘चमक’ मा काम गरिन । यी सबै फिल्महरु बक्स अफिसमा सफल भए । पहिलो फिल्म ‘किरिक पार्टी’ गर्ने क्रममा उनि आफ्नो कोस्टार रक्षित सेट्टीसंग प्रेममा परिन र उनीहरुले २०१७ मा इन्गेजमेन्ट पनि गरे । पछी २०१८ को सेप्टेम्बरमा आपसी सहमतिमा इन्गेजमेन्ट भंग गरे । सन् २०१८ मा रश्मिकाले ‘चलो’ बाट तेलुगु फिल्ममा डेब्यु गरिन । त्यहि बर्ष उनले रोमान्टिक कमेडी ‘गीथा गोविन्दम’ मा अभिनय गरिन र यो फिल्म सबै भन्दा धेरै पैसा कमाउने फिल्महरु मध्य पर्यो । सन् २०१९ मा ‘याजमाना’, २०२० मा ‘सरिलेरु निकेभारु’ ले पनि उनलाई सफलता दिलाए । यसरि एक पछि अर्को सफल फिल्महरुले उनलाई अझ उचाईमा पुर्याईरहेको छ ।